Smaheshacharya

भोक (Nepali Poem)

तिमी यती चाँडै नआयको भय हुन्थ्यो ।
छोटो कद अनि ओठ भरी मुस्कान लियर
म मोडिंदै गरेको गोरेटोमा
तिमी यती चाँडै नआयको भय हुन्थ्यो ।
म सँग अहिले आँफैलाई ओठभरी पुग्ने हाँसो छैन । ।
तिमीसँग यो अपुग हाँसो कसरी साझा गरु
म सँग अहिले आँफैलाई समाल्ने साहस छैन
तिम्रो त्यो भरी अङगालो कसरी समांलु
तिमी सँग हरेक तृप्ती पुरा गर्न आतुर मेरो मन
अहिले अपुगतामा छट्पटी रहेको छ
ओठ्मा त्यही आधा हाँसो लियर्
सुन तिमीलाई अहिले म बाटै धेरै खतरा छ
किनकी मेरा शरिरका पर्तेक कोष पूर्णता को लागि आतुर छन
तेसैले,छोटो कद अनि ओठ भरी मुस्कान लियर
तिमी यती चाँडै नआयको भय हुन्थ्यो ।
Spread the love

Leave a Comment