smaheshacahrya
म एक्ले छु,
यो निर्जल अनि सन्नाटा ले भरियको ठाउँमा,
यहाँ मेरो काम पनि केहि छैन
न म जल दिन सक्छु नत जिवन नै,
तेसैले होला यहाँ प्यास ले पिरोलियकाहरु म बाट केहि आश राख्दैनन ,
मेरा शरिर नाङगियको छ
म पलपल बलात्कृत छु
किनकी म आफ्नैहरु बाट टाडा छु
म यो संसारमा जिउन जनिन जस्तो छ
किनकी मसँग न काँडा छ नत रुस्टता
तेसैले मेरो जवानी को रस चुस्न सबै आतुर छन
मलाई हरेक पल मारिन्छ तर मेरो साहस भनु या दृडता
म अफैलाई समाल्न सक्षम छु अनि विवस पनि
हो म एक्ले छु
धन्यवाद
Spread the love

Leave a Comment