smaheshacharya

वियोग (Nepali Poem)

झोला भरी आमाले भरिदियको माया
अनी मन भरी रहर लियर
वर्षौ अगाडी गाउँ छोडी मुग्लान पसेका माइला दाई
अन्तिम पल्ट धमिलो समझना सम्झदै छन्
आमको तेही अन्तिम वाक्य “छोरा हिंडिस र ?
माइला दाई न आमको धोती फेर्न सके न बाको ढाका टोपी ।
धेरै पछी गाउँ आयका छन्
तर गाँउ भरिकामान्छे रुवाउने मौनता लियर
सोकले ढुग्ङा भयकी आमाको आखाँमा नत आसु छ
नत बषौ देखी थला परेका बाको मनमा गुनसो
आखाँ मा आसुका सेता धर्सा लियर बषौ देखी
छोरो आउने गोरेटो बाटो हेरेका बाले छोरो त पाय
तर मौन्,निर्जिव अनि लम्पसार
Spread the love

Leave a Comment