वेस्या (Nepali Poem)
सानो गाँउ सानो घर तर ठुलो परिवार्
अनी म घरकी जेठि छोरी
आमा र बा लाई, मलाई घरबाट उम्काउने निकै पिर थियो ।
पुरानो अनि कमजोर सोच ।
म लहुर बाट आयको त्यो अपरचित लहुरे
सँग आँखा चिम्लियर जना बाध्य भंय ।
मनको भित्री कुनामा कतै
खुशीले सानो टुसा उमारेको थियो, यो सोच्दै कि
अब मेरा चाहानाले मल जल पाउने भय ।
तेही खुशीको टुसा लियर तिनै मेरो हजुर संग लहुर पसेकी म
बन्द कोठा सानो झ्याल भित्र
अहिले अरुका चाहाना पुरा गर्दै छु ।
यहाँ गार्हाकका भोक मेट्न
मेरा शरिरका पर्तेक अंग को मोल हुन्छ ।
म सुत्ने खाटको तन्ना अहिले अरुको सन्तुस्टिले भन्दा पनि
मेरो विवस्थाले भिजेका छन ।
यो तृप्ती को भोकले ले पिरोलियकाको सानो गल्लिमा
हो म विवस्थाले बनेकी वेस्या हुँ ।
धन्यवद ।

Spread the love

One Thought to “वेस्या (Nepali Poem)”

Leave a Comment