smaheshacahrya

शब्दार्थ (Nepali Poem)

नेपाली शब्द सञ्जालको सानो अंश हो स
जसबाट सुरु हुन्छ सुरुवात पनि, समापन पनि
अनि सम्बन्ध पनि, षड्यन्त्र पनि
समयको समानान्तर गतिसँगै अस्ताउने
सपना पनि सम्झना पनि
स बाटै सुरु हुन्छ शंका अनि साथ पनि
स बाटै सुरु हुन्छ समस्या पनि समाधान पनि
सुख पनि शाेक पनि
यो कस्तो संयोग
स बाटै सुरु हुन्छ शान्ति पनि संहार पनि
सुदुर पश्चिम पनि सिंहदरबार पनि
के तिमीलाई थाहा ? छ स बाटै सुरु हुन्छ स्वर्ग पनि
धन्यवाद
Spread the love

Leave a Comment