SMaheshAcharya

सपना अनि सम्झना (Nepali Poem)

सपना अनि सम्झना,
सुन्दा फरक छन तर
तर, मेरो जीवनमा
दुबैले यौटै अर्थ राख्छन्,
त्यो सम्झना जहाँ
तिमी घरी घरी आउँछ्याै
अनि जिस्क्यायर जान्छ्याै
अनि अर्को सपना जहाँ
तिमी घरी घरी आउँछ्याै
अनि झस्क्याएर जान्छ्याै
जीवनका दुइ भिन्न पाटा
आज यौटै भएका छन्
किनकी
दुबैमा तिम्रो नमिठो उपस्थिति छ
र त्यही उपस्थितिले
सम्झनाको मिठास
अनि सपनाको मजा खोसी लगेको छ |
Spread the love

Leave a Comment